राष्ट्रपति र उपराष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
nepalnews.com · Tue Sep 29 12:02:36 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा भारतीय राजदूत श्रीवास्तवलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)