मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध
khabarhub.com · Tue Sep 29 12:03:45 GMT 2026

क्वालालम्पुर – मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ। यो मलेसियामा रहेका करिब ५ हजार म्यान्माली नागरिकलाई स्वदेश फर्काउने योजनाको पहिलो चरण हो।
मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ। तर मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)