चालिसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा
annapurnapost.com · Tue Sep 29 11:58:24 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका–२ छहरेस्थित चालिसेमा पहिरो तथा ठूला ढुंगा पन्छाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
दुईतर्फी यातायात सञ्चालनमा ल्याउने गरी सडकमा खसेको पहिरो तथा ठूला ढुंगा हटाउने काम पूरा भएपछि यातायात सञ्चालनमा ल्याइएको हो। यसअघि हिजो साँझ पहिरो पन्छाएर चालिसेमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो। तर, सडकमा थप पहिरो खसेपछि दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिनाइ भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)