मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखहरूसँग कार्यसम्पादन करार सम्झौता
annapurnapost.com · Tue Sep 29 11:55:17 GMT 2026

सिमरा : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले मातहतका आठवटै जिल्लाका ट्राफिक प्रमुखहरूसँग मंगलबार वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन्। पथलैयास्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख बस्नेत र जिल्लाका ट्राफिक प्रहरी निरीक्षकहरूबीच आर्थिक वर्ष २०८३र८४ को सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रमुखहरूसँग ट्राफिक प्रहरीको दायित्व र भूमिकालाई अझ बढी प्रभावकारी, पारदर्शी तथा जनमुखी बनाउने प्रतिबद्धतासहित सम्झौता गरेका हुन्। सम्झौतापत्रमा शासकीय सुधार, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सडकमा प्रभावकारी ट्राफिक व्यवस्थापनका विषयलाई प्राथमिकता दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)