दुई सह-सचिवको बढुवा
khabarhub.com · Tue Sep 29 12:07:18 GMT 2026

काठमाडौं – सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा तथा कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)