नेपाली सोनिका हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा नियुक्त
khabarhub.com · Tue Sep 29 12:06:04 GMT 2026

काठमाडौं – संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथले पर्वतीय क्षेत्र, हिमाली पारिस्थितिक प्रणाली तथा हिमाली समुदायका संवेदनशील सवालहरूलाई अन्तर्राष्ट्रिय कूटनीतिक तहमा सशक्त रूपमा उठाउनका लागि आधिकारिक रूपमा ‘पर्वतीय समुदाय तथा पारिस्थितिक प्रणाली युवा कार्यदल’ को स्थापना तथा शुभारम्भ गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको अवसरमा गत शुक्रबार आयोजित ‘क्रायोस्फियरमा जलवायु सङ्कट: हिमाली विपद् विरुद्ध वातावरणीय उत्थानशीलतामा पर्वतीय युवाहरूको नेतृत्व’ विषयक अन्तर्राष्ट्रिय भर्चुअल संवादको समापनसँगै यस कार्यदलको घोषणा गरिएको हो । यो अन्तर्राष्ट्रिय संवाद आगामी ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ को आधिकारिक पूर्वतयारी अन्तर्राष्ट्रिय सत्रको रूपमा समेत आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)