सुनचाँदी कारोबारका समस्या समाधान गर्न बैंक र व्यवसायीबीच छलफल
kendrabindu.com · Tue Sep 29 12:12:32 GMT 2026

काठमाडौं । सुनचाँदीको आयात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधि कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या समाधानका विषयमा बैंक र सुनचाँदी व्यवसायीबीच छलफल भएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा बुधबार महासंघको सचिवालय कार्यालयमा ‘सुनचाँदी आयात तथा बिक्री–वितरणको कार्यान्वयनसम्बन्धी बैंक–व्यवसायी अन्तरक्रिया’ कार्यक्रम भएको हो। महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ, सुनचाँदी आयात गर्ने वाणिज्य बैंक तथा व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)