बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु
kathmandupati.com · Tue Sep 29 12:11:31 GMT 2026

काठमाण्डु – अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो लगायतका विपद्मा परी मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा २ जना गरी जम्मा ३५ जनाको मृत्यु भएको छ । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १२ जना, मनाङमा ४ जना, म्याग्दीमा ७ जना, पाल्पामा ५ जना, रोल्पामा १ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)