ब्रान्ड हाउसले सुरु गर्यो ई–कमर्स प्लेटफर्म, अनलाइनबाटै अन्तर्राष्ट्रिय ब्रान्डका सामान किन्न सकिने
corporatenepal.com · Tue Sep 29 12:07:52 GMT 2026

काठमाडौं । नेपालको खेलकुद तथा फेसन रिटेल कम्पनी ब्रान्ड हाउस नेपालले अनलाइन सपिङ प्लेटफर्म ब्राण्डहाउस डटकम डट एनपी औपचारिक सञ्चालनमा ल्याएको छ । विगत ३१ वर्षदेखि नेपाली बजारमा रिटेल तथा ब्रान्ड व्यवस्थापनमा सक्रिय कम्पनीले डिजिटल विजनेश (ई– कमर्स)मा प्रवेशसँगै आफ्ना आधिकारिक ब्रान्डेड उत्पादनको पहुँच देशभर विस्तार गर्ने जनाएको छ ।
नयाँ ई–कमर्स प्लेटफर्ममार्फत ग्राहकले एडिडास, रिबोक, एएसआईसीएस, अन्डर आर्मर, न्यू एरा, लिभाइस र याज्जी लगायतका विदेशी ब्रान्डका खेलकुद, फुटवेयर, फेसन तथा लाइफस्टाइल उत्पादन अनलाइन खरिद गर्न सक्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा ब्राण्ड हाउसका ब्राण्ड एम्बासडर एवं नेपाल व्यवसायिक मार्सल खेलाडी रवीन्द्र ढाँट पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)