चिनियाँ राजदूत चाङद्वारा गोरखापत्र संस्थानको अवलोकन भ्रमण
gorkhapatraonline.com · Tue Sep 29 12:12:30 GMT 2026

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गोरखापत्र संस्थानको अवलोकन भ्रमण गर्नुभएको छ । राजदूत चाङले मंगलबार धर्मपथस्थित रहेको संस्थान कार्यालयको भ्रमण गर्नुभएको हो ।
राजदूत चाङसहितको प्रतिनिधिहरुलाई संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले स्वागत गर्नुभयो । महाप्रबन्धक रावलले गोरखापत्र संस्थानका प्रकाशनहरुको संक्षेपमा जानकारी गराउनुभयो । उहाँले सन् १९६१ मे ६ (वि.सं. १९५८ वैशाख २४ गते) देखि गोरखापत्रको प्रकाशन सुरु भएको र यसका अन्य प्रकाशन दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना, गोरखापत्रअनलाइन डट कम, राइजिङनेपाल डेलिडट कम बारेमा जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)