गण्डकी प्रदेशसँग भुटान पराजित
annapurnapost.com · Tue Sep 29 12:10:11 GMT 2026
काठमाडौं : आइसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपाल आएको भुटानको टोली गण्डकी प्रदेशसँग पराजित भएको छ। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भुटान १९.३ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको हो।
भुटानले दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो। गण्डकीको लागि ओपनर इश्वर क्षेत्रीले सर्वाधिक ३४ रन बनाउँदै अविजित रहे। उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन कुमालले २२ रन बनाउँदा सिर्बिन श्रेष्ठले १० रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)