सुदूरपश्चिम : सरुवा भएका हमाल रमाना नबुुझी बजेट लेख्दै, खटाइएका रिजाल ‘बरन्डा’ मा
nepalpress.com · Tue Sep 29 12:14:03 GMT 2026

धनगढी । संघीय सरकारले सरुवा गरेको दुई साता बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल रमाना नबुझी बजेट निर्माणमै सक्रिय छन् । उता उनको ठाउँमा संघीय सरकारले खटाएका सहसचिव बलराम रिजाल भने धनगढी पुगेर हाजिर गरे पनि जिम्मेवारीविहीन बनेका छन्।
मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हमाललाई राष्ट्रिय महिला आयोग (काठमाडौं) को सचिव पदमा सरुवा गरेको थियो। तर, सरुवा भएको लामो समय बित्दासमेत उनले रमाना बुझेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)