हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु (फोटो फिचर)
nepalviews.com · Tue Sep 29 12:14:36 GMT 2026

सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो ।
हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ। हिउँका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो खुलाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)