एक कांग्रेस, दुई महाधिवेशन
nepalnews.com · Tue Sep 29 12:15:19 GMT 2026

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन हुने-नहुने अन्योल अन्ततः किनारा लागेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको अन्तरिम कांग्रेस ९ महिनाभित्रै पन्ध्रौँ नियमित महाधिवेशन सुनिश्चित गर्दै नयाँ नेतृत्व चयनको दिशामा अग्रसर भएको छ। लामो समयदेखिको आन्तरिक विवाद, इतर समूहको बहिष्कार, वार्ता-संवादमा रुमल्लिएको अन्तरिम कांग्रेसले पन्ध्रौँ नियमित महाधिवेशन १८ असोजबाट गर्ने ‘अन्तिम निधो’ गरेको छ।
महाधिवेशनको मिति सार्न इतर समूहले दिइरहेको दबाब, समानान्तर गतिविधिको चुनौती समाधान र अदालतमा विचाराधीन आधिकारिकता विवाद निरूपण नहुँदै कांग्रेस महाधिवेशनमा होमिएको छ। यसले पार्टीभित्र स्पष्ट रूपमा विभाजनको रेखा कोरेको छ। १६ असोजदेखि तय भएको मिति दुई दिन पर सार्दै मंगलबार तय गरिएको मिति ‘निर्णायक र अन्तिम’ भनिएको छ। कुनै चमत्कार नभए अबको चार दिनमा विशेष महाधिवेशन उद्घाटन हुनेछ। सतहमा कांग्रेस एक देखिए पनि अलग-अलग दुई महाधिवेशन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)