बाढीपहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन
kendrabindu.com · Tue Sep 29 12:19:47 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडि (अर्याल) लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनःस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)