मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहिताविपरीत विद्यार्थीमाझ प्रचार गरेकी एमाले उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण

nayapatrikadaily.com · Sun Nov 06 00:27:00 GMT 2022

निर्वाचन आयोगले दाङ ३ की एमाले उम्मेदवार कोमल वलीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार गर्न विद्यालयमै पुगेको, अभिभावकलाई एमालेको सूर्य चिह्नमा मत हाल्न बालबालिकालाई दबाब र प्रलोभनमार्फत प्रभाव पार्न खोजेको घटनामा आयोगले शनिबार स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ (१) (ट) मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था उल्लंघन गर्दै मतदाता प्रभावित पार्न नाबालिग विद्यार्थी प्रयोग गरेपछि आयोगले उम्मेदवार वलीसँग जवाफ मागेको छ । ‘तपाईंले आचारसंहिताको दफा १३ (१) (ट) को प्रतिकूल हुने गरी प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार, प्रमाण के छ ? तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगले सोधेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)