किसान सूचीकरणमा वृद्धि, ३ लाख किसान थपिए
nagariknews.nagariknetwork.com · Tue Sep 29 12:17:40 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ। मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब ३ लाख किसान किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्।
हालसम्म देशभर २६ लाख ७९ हजार किसान किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन्। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)