अष्ट्रेलियामाथि ब्राजिलकाे सहज जित
kendrabindu.com · Tue Sep 29 12:20:52 GMT 2026
काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अष्ट्रेलियामाथि ४–२ को जित निकालेको छ । अष्ट्रेलियाको ब्रिस्बेनमा भएको खेलमा ब्राजिलका लागि भान्डरसन, राफिन्हा, ब्रुनो गिमारेस र भिनिसियस जुनियरले गोल गरे। अष्ट्रेलियाका लागि एलेसान्द्रो सिर्काटी र कोनर मेटकाफले गोल गरे।
यसअघि यी दुई टोलीबीच शुक्रबार भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो। टाउन्सभिलस्थित क्विन्सल्यान्ड कन्ट्री बैंक स्टेडियममा भएको उक्त खेलमा घरेलु टोली अष्ट्रेलियाले दोस्रो हाफमा अग्रता लिए पनि ब्राजिलले अन्तिम समयमा गोल गर्दै हार टारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)