एमालेबाट फेरि सक्रिय राजनीतिका लागि मैदानमा विद्या भण्डारी, बुटवलमा के भनिनन् ?
nepalviews.com · Tue Sep 29 12:21:58 GMT 2026

बुटवल । दुई कार्यकाल राष्ट्रपति बनेर देशको सर्वोच्च संवैधानिक पद सम्हालेकी विद्यादेवी भण्डारी फेरि आफ्नो पुरानै राजनीतिक घर एमालेतर्फ फर्किएकी छन् । तर यसपटक उनको यात्रा कुनै संवैधानिक पदतर्फ होइन, पार्टीिभित्रको विवाद समाधानसँगै उनी वरिष्ठ नेता बनेर मैदानमा आएकी छिन् ।
नेकपा एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि उनी पहिलोपटक असोज १३ गते बुटवल पुगिन् । रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले आफू अब पनि एमालेमै रहेर देश र जनताको सेवामा सक्रिय रहने घोषणा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)