कांग्रेस सिन्धुपाल्चोक-२ को क्षेत्रीय अधिवेशनमा लफडा, मतदान प्रक्रिया स्थगित
nepalpress.com · Tue Sep 29 12:22:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक २ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ। मतदानको क्रममा फर्जी मतपत्र भेटेपछि अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ।
दुवै पक्ष बैठक बसेर सहमति नभएसम्म मतदान प्रक्रिया अघि नबढ्ने निर्वाचन समितिले जनाएको छ। क्षेत्रीय सभापतिका लागि बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ र पासाङ दोङ चुनावी मैदानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)