आशिष बुद्धिचाल च्याम्पियन
ekantipur.com · Sun Aug 06 01:16:39 GMT 2023
काठमाडौँ — नुवाकोटमा आयोजनामा भएको दुईदिने र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि राष्ट्रिय एमेच्योर चेस च्याम्पियन आशिष फुयालले जितेका छन् ।
उनले फाइनल चरणमा काठमाडौका १४ वर्षे खेलाडी पुरुषोत्तम सिलवालसँग बराबरी खेलेर अंक बाँडे भने छैटौं चरणमा भक्तपुरका जगन्नाथ ताम्राकारलाई हराए । आशिषले साढे ६ अंकसहित उपाधि जितेर १० हजार नगद पुरस्कार हात पारे । ६ अंक जोडेका पुरुषोत्तम दोस्रो स्थानमा रहे । उनले छैटौं चरणमा ललितपुरका सुरज महर्जनमाथि विजय पाए । उनले ७ हजार पुरस्कार पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)