मुम्बईसँग काेलकत्ता १० रनले पराजित
nepallive.com · Tue Apr 13 18:06:00 GMT 2021
मुम्बई- ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गरेकाे छ। जितका लागि १ सय ५३ रनको लक्ष्य पछ्याएकाे काेलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाएपछि मुम्बईले जित हात पारेकाे हाे।
कोलकत्ताका लागि नितिश रानाले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बलमा ६ चाैका र २ छक्का प्रहार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)