सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित
khabarhub.com · Tue Sep 29 12:31:45 GMT 2026

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।
सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)