सञ्चारमन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित
gorkhapatraonline.com · Tue Sep 29 12:37:51 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गर्नुभएको छ ।
सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । उहाँ सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)