मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उपभोग्य वस्तुमा अचाक्ली कर

ekantipur.com · Tue May 31 00:34:53 GMT 2022

काठमाडौँ — सरकारले विद्युतीय सवारीमा १ सय २० प्रतिशतसम्म कर लगाएको छ । विद्युतीय सवारीको प्रवर्द्धन गर्ने नीति लिएको सरकारले आर्थिक विधेयक २०७९ मार्फत त्यसैमा अन्तःशुल्क र भन्सार महसुल कर बढाएको हो । २ सय सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा पनि राजस्व बढाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीमा ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था राख्दा चर्को विरोध भएको थियो । पछि २०७६ असोजमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अन्तःशुल्क घटाइएको थियो । चालु आर्थिक वर्ष २०७८/७९ का लागि विष्णु पौडेलले ल्याएको विनियोजन विधेयकमा ‘१० वर्षभित्र साना सवारीलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्ने’ भन्दै अन्तःशुल्क पूर्ण खारेज गरिएको थियो । पछि प्रतिस्थापन विधेयक ल्याउँदा पनि अर्थमन्त्री जनार्दन शर्माले उक्त व्यवस्था यथावत् राखे । तर अहिले शर्माले नै विद्युतीय सवारीको क्षमताअनुसार ३० देखि ६० प्रतिशतसम्म अन्तःशुल्क लगाएका छन्, भन्सार महसुल पनि बढाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)