संसद् बैठक नबस्ने दिन सिंहदरबारमा ‘माननीय’ आतङ्क : मन्त्रीका स्वकीय र कर्मचारी हैरान
ratopati.com · Tue Sep 29 12:45:00 GMT 2026

काठमाडौँ । ‘संसद्मा एक–दुई दिनको मात्रै पनि बिदा हुँदा माननीयज्यूहरू आएर बस्नखान दिँदैनन्’ सोमबार सिंहदरबारमा एक मन्त्रीका प्रमुख स्वकीय सचिवले रातोपाटी प्रतिनिधिकै सामु भन्दै थिए । सांसदहरू मन्त्रालयको ढोकादेखि मन्त्रीको कोठासम्म गएर निर्देशन दिने गरेको ती स्वकीय सचिवको भनाइ थियो ।
उनले भनेजस्तै सिंहदरबारभित्रका मन्त्रालयहरूमा संसद् बैठक नबस्ने दिन ‘माननीय’ अर्थात् सांसदहरूको थेगिनसक्नुको भिड लाग्ने गरेको छ । यो भिड केवल सामान्य भेटघाटका लागि होइन, बरु मन्त्री, सचिव र सहसचिवहरूलाई र्याखर्याख्ती पार्ने, दबाब दिनेसम्म हुने गरेको छ । यस्तो कार्यमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद बढी केन्द्रित हुने गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)