असन्तुष्ट नेताहरुलाई ढोका खुला गरिएको छ : कांग्रेस सहमहामन्त्री राणा
annapurnapost.com · Tue Sep 29 12:35:49 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पार्टीका असन्तुष्ट नेताहरुलाई सिधै केन्द्रीय महाधिवेशनमा भाग लिन ढोका खुला गरिएको बताएका छन्।
रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राणाले असन्तुष्ट नेताहरूलाई १५ औँ महाधिवेशनमा छुट्न नहुने भन्दै उनीहरूका सबै माग पूरा गरिएको बताए। महाधिवेशन सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिका संयोजक समेत रहेका राणाले पार्टीभित्रका एउटा समूहले समानान्तर गतिविधि गरेपनि हालको अवस्थालाई पार्टी फुटेको भन्न नमिल्ने तर्क गरे। निर्वाचन आयोगले विशेष महाधिवेशनको नेतृत्वलाई आधिकारिकता दिएको र अदालतले तोकिएकै समयमा महाधिवेशन प्रक्रिया अघि बढाउन भनेकाले वैधानिक प्रक्रिया अनुसार नै महाधिवेशन सम्पन्न गरिने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)