इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हरायो
Ujyaaloonline.com · Tue Dec 27 00:57:00 GMT 2022
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ ।
आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको १५ खेलमा ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६औँ स्थानमा छ । उसको १६ खेलमा १४ अङ्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)