साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल भित्रिने
ratopati.com
कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रसिंह यादवले साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल आइसक्ने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको जनता समाजवादी पार्टी को केन्द्रीय समितिको उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले युरिया मल ओमानबाट गाडीमा लोड भएर हिँडिसकेकोले साउन पहिलो सातासम्म नेपाली नाका सम्म आइसक्ने बताएका हुन् । उनले थप २० हजार टन युरिया साल्ट ट्रेडिङले पनि ल्याउन लागेको जनाएका छन् ।
प्रत्येक वर्ष बजारमा मल अभाव भएपछि किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर वा भारतीय सीमाबाट तस्करी गरेर ल्याएको मल किनेर धान खेतमा हाल्न बाध्य भएका छन् भारतसँग खुल्ला सीमा जोडिएका जिल्लाहरुमा किसानले ल्याएको १–२ बोरा मल स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर दुख दिने गरेको भन्दै कृषिमन्त्री यादवले भारतबाट नेपाली किसानले मल ल्याउँदा नाकामा खटिएको प्रहरी प्रशासनलाई सहज गरिदिन निर्देशन समेत दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)