करिब २ अर्बको हुन्डी कारोबार गर्ने रिजाल पक्राउ
arthasansar.com

नेपाल प्रहरीले करिब २ अर्ब रुपैयाँ हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ अवैध रुपमा हुन्डी मार्फत कारोबार गरेको भन्दै प्रहरीले धादिङका राजेन्द्रप्रसाद रिजाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाएको गोप्य सूचनाका आधारमा शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्दा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो रकम हुन्डीमार्फत कारोबार गरेको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)