विपदबाट ३५ जनाको मृत्यु
nepalnews.com · Tue Sep 29 12:49:57 GMT 2026

काठमाडौं। अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपदबाट बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एकरएक जनाको मृत्यु भएको छ। विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)