छ महिनापछि सडक मर्मत कार्य सुरु
gorkhapatraonline.com · Tue Sep 29 12:45:00 GMT 2026

बाजुरा, असोज १३ गते । बाजुराको मार्तडी–कोल्टी सडकको मर्मत कार्य सुरु गरिएको छ । विगत छ महिनादेखि पहिरोले अवरुद्ध सडक दसैँ अगावै सुचारु गर्नेगरि मर्मत कार्य सुरु गरिएको छ ।
अविरल वर्षाका कारण पहिरो गएपछि गत जेठ महिनादेखि सो सडक अवरुद्ध बनेको थियो । वर्षाको समय पानी पर्न नरोकिएकोले मर्मत कार्यमा समस्या भएको हो । अहिले मौसममा सुधार भएसँगै सो सडकको पनि पुन मर्मत कार्य सुरु गरिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)