फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो
nepallive.com · Tue Sep 29 12:45:57 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा मतदान प्रक्रिया अनिश्चित बनेको छ। मतदानका क्रममा फर्जी मतपत्र भेटिएपछि निर्वाचन समितिले तत्कालका लागि मतदान स्थगित गरेको हो।
निर्वाचन समितिका अनुसार विवाद समाधानका लागि दुवै पक्षबीच सहमति जुटेपछि मात्रै मतदान पुनः सुरु गरिनेछ। सहमति नभएसम्म निर्वाचन प्रक्रिया अघि नबढाउने समितिको निर्णय छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)