धितोपत्र बोर्डले कार्यान्वयनमा ल्यायो ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’
baahrakhari.com · Tue Sep 29 12:47:18 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ अनुरुप बोर्डले यो नीति कार्यान्वयनमा ल्याएको हो ।
बोर्डले उक्त नीतिमार्फत ब्रोकर (धितोपत्र दलाल)हरूलाई उनीहरूको पुँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चारवटा श्रेणीमा वर्गीकरण गरेको छ । जसअनुसार धितोपत्र व्यापारीलाई ‘क’ वर्गमा र पूर्ण सेवा दिने धितोपत्र दलाललाई ‘ख’ वर्गमा राखिएको छ । यसैगरी, कारोबारमुखी धितोपत्र दलाललाई ‘ग’ वर्गमा र विशिष्टीकृत धितोपत्र दलाललाई ‘घ’ वर्गमा वर्गीकरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)