महिलाले ताने गणेश, भैरव र कुमारीको रथ, लिङ्गो ढालेसँगै इन्द्रजात्रा समापन (तस्बिरहरू)
ratopati.com · Tue Sep 29 12:53:43 GMT 2026

काठमाडौँ। इन्द्रजात्राको अन्तिम दिन मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन्। इन्द्रजात्राको आठौँ तथा अन्तिम दिन जीवित देवी–देवताका रूपमा पुजिने गणेश, भैरव र कुमारीको रथ महिलाहरूले तानेका हुन्। बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो।
अन्तिम दिन मनाइने ‘नानीचा याः’ अन्तर्गत वसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै रथलाई पुनः वसन्तपुर ल्याइएको हो। रथ वसन्तपुर फर्किएपछि इन्द्रजात्राको मुख्य विधिमध्ये एक इन्द्रध्वजा फहराइएको लिङ्गो ढाल्ने विधि गरिन्छ । मंगलबार राति लिङ्गो ढालेर तान्दै बागमती नदीमा लगेर बिसर्जन गरेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)