मापदण्डविपरीत चलेका तीन फार्मेसीमा तालाबन्दी
gorkhapatraonline.com · Tue Sep 29 12:51:17 GMT 2026

विराटनगरको अस्पताल चोक क्षेत्रमा कानुनी मापदण्डविपरीत सञ्चालन भइरहेका तीनवटा औषधी पसलमा अनुगमन टोलीले मंगलबार शिलबन्दी गरेको छ ।
उपभोक्ताको हित र जनस्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारका विभिन्न नियामक निकायले विराटनगर क्षेत्रमा पछिल्लो समय बजार अनुगमन गर्ने क्रम बढेको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालय, मोरङको नेतृत्वमा गरिएको अनुगमनमा कैफियत भेटिएका पसलहरूमा शिलबन्दी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)