ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन
khabarhub.com · Tue Sep 29 12:53:10 GMT 2026

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले मङ्गलबार विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहन आग्रह गरेको छ । किएभमा दिनको समयका रूसी ड्रोन आक्रमण बढेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षामार्फत् पठनपाठनको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।
किएभको तारास शेभचेन्को राष्ट्रिय विश्वविद्यालयले भनेको छ, “सुरक्षा स्थिति बिग्रिएको कारण कम्तीमा अक्टोबर १६ सम्म शैक्षिक तालिकाको ढाँचामा परिवर्तन हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)