देशभर झन्डै २७ लाख किसान सूचीकरण प्रणालीमा सूचीकृत
baahrakhari.com · Tue Sep 29 12:55:19 GMT 2026

काठमाडौंं । पछिल्लो समय किसान सूचीकरण अभियानले तीव्रता पाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्री गीता चौधरीको विशेष पहलपछि किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न थालिएसँगै थप करिब तीन लाख किसान प्रणालीमा दर्ता भएका छन् ।
यससँगै हालसम्म देशभर सूचीकृत हुने किसानको कुल संख्या २६ लाख ७९ हजार पुगेको छ । किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका आगामी कार्यक्रमहरूलाई तथ्यांकमा आधारित बनाउन सूचीकरण अभियानलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)