सहकारी मुद्दामा कांग्रेसको संसद् अवरोध
ekantipur.com · Sat Mar 16 00:42:24 GMT 2024
काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहालबाट जवाफ माग्दै संसद् अवरुद्ध गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा त्यसका अध्यक्ष जीबी राईसहितको समूहले पोखरा, चितवन, बुटवल, वीरगन्ज, नेपालगन्ज र काठमाडौंका सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप कांग्रेसले लगाएको छ ।
यो प्रकरणमा गृहमन्त्री लामिछानेसमेत संलग्न भएको देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग उसले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)