मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

barnanmedia.com · Tue Aug 19 22:11:52 GMT 2025

चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान प्रयोग गरी सात वटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको उत्तर–पश्चिमी भूभागमा अवस्थित एक व्यावसायिक अन्तरिक्ष प्रविधि क्षेत्रबाट दिउँसो ठिक ३ बजेर ३३ मिनेटमा सो यान प्रक्षेपण गरिएको थियो ।

चीनको आफ्नै प्रविधिमा विकसित लिजियन–१ वाई १० यान एक ठुला भार बोक्न सक्ने ठोस इन्धनयुक्त प्रक्षेपण यान हो, जसले एकै पटक धेरै उपग्रहलाई पृथ्वीको निचो कक्षमा पठाउने क्षमता राख्दछ । यसपटकको प्रक्षेपणबाट सात वटा फरक–फरक उद्देश्यका उपग्रहहरू कक्षमा पठाइएको छ, जसमा वातावरणीय अनुगमन, सञ्चार, वैज्ञानिक परीक्षण तथा अन्य अनुसन्धानसम्बन्धी कार्यहरू समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)