संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
onlinekhabar.com · Tue Sep 29 13:14:13 GMT 2026

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)