अन्सु फातीले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण, २०२७ सम्म क्लबमै रहने
nepallive.com · Fri Oct 22 00:54:00 GMT 2021
काठमाडौं– बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँगको सम्झौता नविकरण गरेका छन्। बार्सिलोनाले युवा स्टार फातीसँग ६ वर्षका लागि नयाँ सम्झौता गरेको हो।
सम्झौता अनुसार १८ वर्षीय फरवार्ड फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन्। पछिल्लो सम्झौताअनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो। क्लबले उनको रिलिज क्लज एक बिलियन युरो राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)