मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लुम्बिनीः राजधानीको गुरुयोजना बनाउन जुटे परामर्शदाता

deshsanchar.com · Tue Nov 09 15:50:43 GMT 2021

दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माणमा विदेशी परामर्शदाताको सहयोग लिएको छ। स्पेनका विदेशी परामर्शदाताको सहयोगमा राजधानीको गुरुयोजना निर्माणको काम भइरहेको हो।

लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम आधा सकिएको छ। स्वदेशी र विदेशी परामर्शदाताले गुरुयोजना निर्माणको काम जारी राखेका छन्। स्पेनका विदेशी परामर्शदाता लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना बनाउन जनस्तरमा पुगेर सुझाव संकलन गर्ने र अनुभव आदान–प्रदान गर्ने काममा जुटेका हुन्। उनै विदेशी परामर्शदाताको सहभागीतामा गुरुयोजना तयार पार्न तेस्रो चरणको सुझाव संकलन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)