सशस्त्र प्रहरीले गर्यो १८ सय सीमास्तम्भ मर्मत
nayapatrikadaily.com · Sun Jan 21 00:30:00 GMT 2024
सशस्त्र प्रहरी बलले नेपाल–भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले मर्मत सुरु गरेको थियो ।
साढे दुई महिना अवधिमा एक हजार आठ सयभन्दा धेरै मर्मत भइसकेको र अरू पनि मर्मतका क्रममा रहेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । नापी विभागका अनुसार दुई देशको सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)