कार्टुनिस्टलाई फाँसी दिनुपर्छ भनेर सरकारी पत्रिकामा आइरह्यो
ekagaj.com · Sat Apr 03 00:12:38 GMT 2021
३०-३० शृंखला इकागजडटकम को सुरु दिनदेखिको विशेष स्तम्भ हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि ३० वर्ष पूरा भइसकेको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबद्ध रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा महाकार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को अनुभव र विचार यहाँ प्रस्तुत गरेका छौँ । ‘कार्टुन समाजको दर्पण हो, जे जस्तो रूप छ, त्यही देखाउँछ । समाजका गतिविधि, स्थिति, अवस्था, समस्यालाई व्यंग्यात्मक रूपमा कार्टुनले प्रस्तुत गर्छ । तपाईंलाई त्यो दर्पण हेर्ने/नहेर्ने छुट छ, रूप हेर्न राखिराखे पनि हुन्छ, मन छैन भने एउटा कुनामा मिल्काइदिए पनि हुन्छ ।’ कार्टुनकर्मका हस्ती दुर्गा बराल ‘वात्स्यायन’ ले कार्टुनको परिभाषा यसरी गरे ।
म २०२० सालमा पोखराबाट काठमाडौँ हिँडेँ । काठमाडौँ गएर ४५ रुपैयाँ प्रतिमहिना भाडामा बसेँ । घरेलु शिल्पकला केन्द्रमा कला पढाउँछन् अनि ४५ रुपैयाँ भत्ता पनि दिन्छन् भन्ने सुनेँ । मैले घरेलुमा गएर अप्लाई गरेँ । मेरो जाँच लिए । सामान्य जाँचपछि म भर्ना भएँ । ३५ रुपैयाँ चाहिँ डिपोजिट काटिदिने रहेछ । पछि घरेलुमा तीन महिना जति काम गरेँ । पैसा पुगेन, काठमाडौँ बस्नै गाह्रो भयो । घरेलुमा छाडेर २/३ महिना बेरोजगार बसेँ । रिक्सा चलाएर खानुपर्छ भन्ने मनस्थिति बनाइसकेको थिएँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)