कांग्रेस क्षेत्रीय अधिवेशन : दैलेख-२ मा विवाद ,कार्यालयमा गरे तालाबन्दी
reportersnepal.com · Tue Sep 29 13:37:23 GMT 2026

सुर्खेत । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दैलेख–२ मा निर्वाचन प्रक्रियालाई लिएर विवाद भएको छ। निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै निर्वाचन पक्षधर समूहले मंगलबार क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको हो।
कांग्रेस जिल्ला सचिव नारायण रेग्मीले निर्वाचन अधिकृत समशेर शाही असोज ९ गते उम्मेदवारी दरखास्त लिएपछि प्रक्रिया अघि नबढाई सम्पर्कविहीन भएको आरोप लगाए। उनले तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गरी असोज १५ वा १६ गतेभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)