बेलायतमा संक्रमण दर घट्दै, मृतक भने ४ महिनायताकै उच्च
ratopati.com
बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितसँगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० कोरोना संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्या विगत ४ महिनायताकै उच्च हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २९ हजार ८८१ जनाको मृत्यु भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)