साउदीले घरेलु कामदारको करार सुधार गर्ने
rajdhanidaily.com · Tue Apr 09 23:27:17 UTC 2024

काठमाडौं । साउदीले घरेलु कामदारको करार सम्बन्ध सुधार गर्ने भएको छ । साउदीको मानव संसाधन मन्त्रालयले घरेलु कामदारहरूका लागि करार सम्बन्ध सुधार गर्ने उद्देश्यले एउटा पहल सुरु गरेको जनाएको छ । यस पहलले घरेलु कामदारको अनुपस्थितिमा रोजगार सम्झौताको एकतर्फी समाप्तिको प्रक्रियालाई नियमन गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।
श्रम बजार नियमन, भर्ना क्षेत्रको गुणस्तर अभिवृद्धि र घरेलु श्रमसम्बन्धी नीतिहरूको समीक्षा गर्ने निरन्तर प्रयासको एक हिस्सा रहेको मन्त्रालयले जनाएको छ । यसले बजारको आकर्षण र लचिलोपन बढाउने, कामदार र रोजगारदाताहरूबीचको करार सम्बन्ध सुधार गर्ने र संलग्न सबै पक्षको अधिकारको रक्षा गर्ने मन्त्रालयको रणनीति रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)