श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय
ratopati.com · Thu May 14 18:41:17 GMT 2026

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नलिई विदेशमा श्रम गर्न पुगेका नेपाली श्रमिकको पनि मृत्यु भएको खण्डमा शव स्वदेश ल्याउने व्यवस्था मिलाउने भएको छ ।
यसअघि मन्त्रालयले वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको हकमा मात्रै मृत्यु भएमा शव स्वदेश ल्याउने नीति रहेको थियो । मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय विकास समस्या समाधान समिति बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले उक्त व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)