मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा लटरम्म स्याउ

gorkhapatraonline.com · Sat May 18 23:52:32 UTC 2024

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ ६ गते । कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)